नेपालीमा नलेखेको धेरै नै भईसक्यो, लेख्नै बिर्सें कि भन्ने डर लागेर आउँछ कहिलेकाहिँ | इस्तिफान, त्यो बुल्गेरियाली साथी अस्ति झोंक्राएर भन्थ्यो, "तिमीहरुको कल्चर छ यार, हामी त तेश्रो तहको नक्कली अमेरिका हौँ, अटोमन साम्राज्यले हाम्रो भएभरको संस्कृति उडाइदियो, किनभने हामी उनीहरुको भन्दा फरक धर्मका थियौँ " |
मलाई पुर्वी युरोपका बारेमा त्यति धेरै थाहा छैन, तर नेपाली भाषाको भने चिन्ता लाग्न थालेको छ | अस्तिसम्म मै भन्ने गर्थ्यें "भाषा भनेको फेरिने हुनुपर्छ, समयसापेक्ष हुनुपर्छ"| बिस्तारै थाहा पाउँदै छु, अझ सापेक्ष हुँदै गयो भने नेपाली छिटै हिन्दी हुनेछ | आइस्ल्यान्डेली भाषा १२०० वर्ष देखि खासै फेरिएको छैन, त्यैपनि बोल्ने टन्नै मान्छे छन्, भाषा फस्टाएको नै छ | नेपाली पनि त्यस्तै हुनुपर्यो | नत्र अबदेखि मा नि नेपाली मर्नेगरी बिगारेर भाषाको धज्जी उडाउने हो |
No comments:
Post a Comment
Tell me what you think. I'll read, promise.