Stolen beginning

छाडापन को पनि हद हुन्छ नि!

मान्छे बस्टनमा तिहार मा काँ मनपरी नाच्छ कोइ? ह्यालोवीनलाइ भए त कमसेकम कुइरेको छोराले बिगारेछ भन्न हुन्थ्यो, अब लक्ष्मी पुजामै कोइ छमछमी नाच्छ तेसरी?

"कम्मर भाँची भाँची नाच्दै छन् केटी, ओइ आइज छिटो, " भनेर एउटाले फेरी म्यासेज गर्छ| भुत्रा को| के जाबी हेर्न आउनु...

बाहिर हिउँ ले टम्म छ| पुहोरको जाडो को बदला लिन यो वर्ष जाडो सायद दुई मैना अगि नै सुरु भा छ| तिहार को बेलै हिउँ परिसक्यो| मुला तिधेर्को पो गाडी छ र सरर्र जता भन्यो तेतै| मजस्ता भुक्का त ट्रेन मा हो| खाते ट्रेन| जाडो भयो कि बन्द हुने| खपी नसक्नु छ बस्टन को जाडो|

"मुला,आइजआइज,म र कोठाको दाइ मात्र हो केटाहरुको नाममा," रे| मोज गरुन तेसोभा केटा हरुले| निस्किन्न एस्तो हड्डी भाँच्ने जाडो मा| "अँ एक जना साथी लै कुर्दै छु," भनेर गफ हान्छु| अर्थ को अनर्थ लाउन् न केटा हरुले, इज्जत नि जोग्गीन्थ्यो....

"ल ब्रो हेर न, मोज गर्" 

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.