नेपाली FICTION TIME!!! My first sort-of story in Nepali after a loooong time. The like button is at the left corner at the end of this post :P
मलाई जान मन थिएन | यो जमाना पनि कतै त्यस्तो हुन्छ र जस्तो लागेको थ्यो | दुइ महिना सारा परिवार नै कन्विस गर्न तिर लाग्यो. जता गएपनि, "बाबुले येस्तो गर्नु भएन, संस्कृति हो," आदि आदि जस्ता गफ | अन्तिम मा गएर मान्नु पर्यो | मेरो जान्थ्यो नै के र?
हामी गयौं| म र परिवारका ५ जना, अनि मेरो यु.एस बाट संगै आएको साथी, मलाई धेरै अड नहोस् भनेर | घर राम्रै थ्यो, अगाडी अलि जग्गा भएको, फूल-तरकारी रोपेको थ्यो, अनि दूबोमा एउटा ठुलो डोबरम्यान सुतेको. यु. एस गएदेखि डोबरम्यान संग डर लाग्न थालेको थ्यो, सायद एयरपोर्टमा चोरलाइ जस्तै सुँघ्ने भएकोले | मलाई रबिन (मेरो साथी) ले कान मा सुटुक्क केहि भन्यो, अनि हाँसो रोक्न बडो गारो भयो | सालेले उतैको याद गराइदियो | अनि फेरी ग्राड स्कूल को चिन्ता ले सताउन थाल्यो. बिहे गरेर एतै सेटल गराउने भए के गर्ने? ग्राड स्कूल नपाउन्जेल केहि भन्न सकिन्नथ्यो. र उता जतिसुकै देशप्रेमी कुरा गरेपनि म एता बस्ने अवस्थामा थीइन. पागल हुन्थेँ, एतै बस्नु परेको भए.
बैठक ठुलै रैछ, एउटा ठुलो एल. सी. डी र तेस्मा जोडिएको xbox360. कजन हरु आ रैछन्, दिदीलाई जिस्कौन, अनि हामी आएको थाहा पाएपछि तेत्तिकै छोडेर भागेका. केहो फूलहरु. अनि भित्तामा केहि सर्टिफिकेट, पक्कै पनि हामीलाई देखाउन. गोल्ड मेडलिस्ट. मेडल ओफ हाइएस्ट अनर, अनि अरु केके हो केके. झन टेन्सन पर्यो. रबिन ले मलाई घोचेर भन्यो - ओई, केटि त डेन्जर छे जस्तो छ, तलाईं पेलेर राख्ने भै. आँखा ठूलो पारेर तेस्लाई तर्साए, अनि केके को धम्की दिएँ.
बाबु-आमा, दाजु-भाउजु अनि ठुलाबा ठुलिअमा आए. कोठा ठुलै भएपनि १३ जना अटाउने जस्तो त थिएन, मिलेर बसियो. अनि किरा सुरु भयो.
सुरु मा अलि अड भयो. बुवा हरु बिचनै कुरा भयो, पारिवारिक इतिहास को. को कहाँ बाट आएको, कसको के, कताबाट, मिलाउने मान्छे लाई कसरि चिनेको, काम के गर्ने कस्तो चल्दैछ सब को काम अनि अरु. मम्मी हरुले बिच बिच मा बोल्नु हुन्थ्यो, नभए अरु सब जना अलि केहि जोक जस्तै आयो कि ठुलो ठुलो स्वर मा हांसी हाल्नु हुन्थ्यो. मलाई पनि दिक्क लागेर सकी-नसकी हासी दिन्थ्यें. अनि रबिन चाहिं जिस्काएर हाँस्थ्यो. अब अर्को चोटी देखि तेल्ले मा संग हिंड्न नपाउला. तर तेल्लाइ के मतलब, उ त खुरु खुरु ग्राड स्कूल गइ हाल्छ.
आधा घण्टा जति पछि बल्ल मैन कुरा मा पुग्यो कुरो. "बाबुले कता पढेको, " - ठुलाबा ले मतिर हेरेर हेरेर सोधे. मैले सहर र कलेज को नाम भनें. "भर्खर पास गरेको? " फेरी प्रस्न आयो. १ वर्ष कम गरेर छुट्टी मनाउन आएको भनें.
"हाम्रो नानु ले चाहिं यै वर्ष पास गरेको, उसले पनि तेतै बाट हो. अब बाबु फेरी जाने कि एतै बस्ने?"
"जान्छु होला. पढाई नै पुरा गर्ने विचार छ, अहिले त."
"ठिकै हो. ऐले त फेरी काम नि पाईदैन रे, मास्टर्स नगरेर त कामै छैन |"
"ए साँची, छोरी चाहीं क गर्ने भन्छे नि? लिबरल आर्ट्स नै पढेको हैन, उसले पनि?" मेरो माइजुले सोध्नुभो.
"तेही त. एतै बसेर डाक्टर बन, तँलाई त के गारो छ र भनेको, हैन उतै गएर आर्ट्स पढ्छु भनि. ठिकै छ, तराई इच्छा हो भनेर दिउँ| अब ठुला भैसके, की भन्न पनि मिलेन|"
"हो त नि. फेरी आजकल क बच्चा बच्ची उतै बस्छु भन्छन्, तेही नै बेस नि, यहाँ बसेर यो सब खप्नु भन्दा त..."
रबिने लाई ट्वाइलेट जानु पर्यो रे.मोरो लाज मानेर मलाई सोध्दे न भन्न थाल्यो, खुसु-खुसु. के के बोलेको देखेर उताकी आमले केहि चाहिएको होको भनेर सोधीन् . अनि टोइलेट सोधी मागे, भित्र रहेछ. म पनि संगै जान थालें.
बुवाले "साथीसंग ट्वाइलेटपनि संगै जानुपर्छ?"सोधी हाल्नु भयो. अनि हाँसो को गर्जाहट सुरु भै हाल्यो. "हैन, मलाई पनि जानु छ" भनेर कुलेलम ठोकें.
रबिन ट्वाइलेट भित्र पस्यो, म चाही ढोकामा मोबाइल चलाउदै पर्खें. एक जान आएर "ट्वाइलेट जाने भए उता नि छ नि, " भनेर अनि ठुलै स्वर मा भनि. स्योर केटीकि बहिनि. राम्रा जैले नि बहिनि हुन्छन्.
"अम्म, हैन, मलाई येहीं ठिक छ" भनें | उता ट्वाइलेट मा रबिन मोरो खै किन हाँस्दै छ |
"हैन, फेरी बाटो फोहोर हुन्छ नि" | हैन, कत्रो ठुलो स्वर भएकी केटि. अनि त्यो ट्वाइलेट भित्र को कुकुर हाँसेर मर्न लागिसक्यो.
"हैन, भित्र गएको मान्छे को सामान कम्मोडमै अटाउछ होला, भुइँ फोहर हुन्न. नत्र मा फोहर गर्ने मान्छे लाइ नै सफा गर्ने लाउँला नि|"
अनि ट्वाइलेट तिर फर्किएर ठुलै स्वर ले कराएँ -- " ओए सुनिस्? यहाँ बहिनीले भनेको सब्बै सामान कम्मोड मै अटा रे, नत्र आफै सफा गर्नु पर्छ रे|"'
अब हाँस्ने पालो 'बहिनीको' थियो. "हैन, मैले त --" ऊ बिचमै रोक्की. "तपाईं नै 'केटा' हो है?" मलाई सोधी.
आज मेरै दिन रैछ. "तिमीलाई म केटि जस्तो लागे हो क्याहो? म तिमीलाई ग्यारेन्टी दिन्छु, म केटानै हो |"
केटि का बहिनि राम्रा त हुन्छन् नै, हँसाउन नि सजिला हुन्छन. खास्स्मा नेपाली कल्चर मा साली प्रति को मोह त्यसैले तेत्ती धेरै हो. हेर्न गएको बेला सब जानाले केटीको बहिनि चाही पाए हुन्थ्यो सोच्छन, अनि बिहे दिदि संग गरेपनि सालिकै गीत गाउन्छ. बहिनीहरु पनि कुरो बुझ्ने भएर अलि कम चारमिंग हुनु नि, झन दिदि हेर्न आएको केटा को अगाडी झन धेरै भैदिन्छन्. ऊ फेरी खित्खितई.
nepali padhna atti garo bho bhai. quARTER padherai chhodnu paryo. tara it's hilarious.
ReplyDelete