म त भाषा बिगार्छु, तपाईं नि?

मलाई नेपालीमा लेखन धेरै अगाडी देखिनै मन थियो, खालि कसरि के गर्ने मात्र समस्या थियो. अब समय परिवर्तन भै सक्यो, नेपालीमा लेख्न पनि सजीलो छ. आफूले भने जस्तै त हुँदैन, तर सुधार हुँदै छ.

मलाई भाषा को बारेमा लेख्न मन लाग्यो, तेसैले नेपालीमा लेख्ने सोच गरें.

कत्तिले अंग्रेजी र नेपाली मिसाउनु भनेको भाषा बिगार्नु हो भन्छन. कुन् चाहीं भाषा बिग्रंदै छ भन्ने चाहीं तेती खुलस्त पार्दैनन्, आखिर मा नेपाली जस्ती बिग्रंछ, त्यो भन्दा बढ्ता त अंग्रेजी नै बिग्री रहेको हुन्छ नि, आखिर मा त, तेस्को चाहीं पत्तै पाउंदैनन्. नेपाली भाषा अहिले आफ्नु चरम मा छ, इतिहासमा एति धेरै सभ्य र साहित्यीक यो कहिले पनि भएन. हिन्दी, बंगाली, उर्दु, आदि भाषा भनेका संस्कृत मा राम्रो परिवर्तन आएर झन सहीत्यीक बनेका भाषा हुन्. नेपाली भनेको बोलीचालीको भाषा हो, यो साहित्य छोड्न बनेको कहिले पनि थिएन. बिदेशी भाषा सिक्ने धेरैले बुझेका छ, नेपाली भनेको अंग्रेजी जस्तै छ:सरल र सिक्न सजिलो. हाम्रो भाषा मा सर्वनाम(तँ, तपाईं,तिमी, हजुर) बाहेक ठुला ठुला कुरा केहि पनि छैनन्. हाम्रो सरल भाषा लै सरलनै छाडे कसो होला?

तेसैले अब मा भाषा बिगर्छु. अब देखि जब जब मा नेपाली मा लेख्छु, मेरो दिमाग मा इंग्लिश सजिलो लाग्ने मेरा पाठक प्राथमिकतामा हुनेछन्, ना कि साहित्यिकता.

आज लै तेत्ती नै हो. मलाइ पार्टी मा जानुछ, जाने कि नजाने भनेर दोधार मा छु. एसो सोच्छु, जाउँ जस्तो लाग्छा, फेरी आआ के गइ राख्ननु जस्तो नि लाग्छ. अब गएँ भए १ घण्टा भित्र जान्छु होला, नत्र पर्सि को लागि काम सक्याउनु पर्ने छ, तेइ गर्ने होला.

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.