प्लीज, अब मलाई दरबाट डर लाग्न थाल्यो

अब त अति नै भयो. यो हप्ता मात्र 'दर' भनेर म ४ चोटी गैसकें. अब अर्को हप्ता को लागि घरबाट सातै दिनलाई फ़िक्ष छ. अब यो भन्दा धेरै भारि खाना खाएँ भने छेर्पाटि ले पक्कै पनि च्याप्छ.

धन्न यो वर्ष चाहिंकलेज भएकोले घरबाट बाहिर हिंड भन्दा कलेज को रिजन बनाएर जान्न. हुन त कलेज ले नि असैन्मेंट ले पेलेर फुर्सदै हुन दिन्न, तेइ पनि त्यो बचे-खुचेको टायेम पनि भारि खाना खाएर बिताउन मा तेत्ती धेरै इन्ट्रेसटेड छैन.

लास्ट यर को मलाई ऐले नि याद आउँदा जिउनै सिरिङ्ग हुन्छ. कति भारि खाना खाईयो कति, त्यो पनि मन नलागी नलागी. 'मलाई पुग्यो, अब म खान्न' भन्नु जस्तो पाप झन् केहि पनि हुन्न थ्यो-- 'बाबुले लाज माने जस्तो छ' भनेर झन् सुरुमा खाएको डब्बल थप्ने त चलनै थियो. अनि नसकिकन उठ्न न पाइने, नत्र 'खाना मीठो भएन जस्तो छ, बाबु लाइ घर जस्तो भएन कि?' भन्ने आरोप खेप्नुपर्ने. त्यो भन्दा त मर्ने गरि खानु नै बेस भन्ने सोचेर लास्ट यर त वाक्क न लागुन्जेल सम्म खाएको थ्यें. धन्न अन्तिममा तीज आयो र  'आहा, आमा त मरी मरी खानु परेन' जस्तो लागेको थियो.

तीजका बारेमा धेरै चर्चा हुन्छन, एता उता. कसैले सिस्टम राम्रो हो भन्छन् त कसैले सेक्सिज्म को आरोप लगाउँछन्, पुरुषमाथि. कसैले यो सोच्दैन कि पुरुष-महिला भन्दा तीज भनेको त महिलाहरुको पेट को बारेमा हो. हेर्नोस, तपैले २ हफ्ता सम्म पेटी फुट्ने गरि मरी-मरी भारि खाने कुरा खानु भयो भने हालत के होला, सोच्नुस त? अनि रेस्ट त चाही हाल्यो नि. तीज भनेको तेइ रेस्ट हो. तीज नभएको भए हाम्रो देश का महिला हरु कि त अम्रिकाने जस्तै भ्यात्ते र ओबेस हुन्थ्ये, कि त परमधाम भैसक्थ्ये, हार्ट अट्याक ले गर्दा. ऐले त तीज ले गर्दा बल्ल महिला हरुले थाहा पाउँछन् नि, ए, तीज नि आयेछ, अब घिच्न छाड्ने बेला आयेछ भनेर. तेसैले हामी सबैले तीज लाइ धन्य मान्नु पर्छ.

तर आखिर मा जे सुकै भएपनि मलाइ चाही तीज या दर संग केहिपनि लगावछैन, तेसैले मलाई यो झमेला मा नतानौं. मा बिचरो राति भोक्कै बस्ने मान्छे को डाइजेस्तिव सिस्टम ले दिन को ४००० क्यालरी धान्दैन, सांच्चे भन्या.

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.