कति छिटो पार्ट २

म ऐले २-३ वटा कथा[लेखन] मा काम गर्दै छु| एउटा छ लेक्स लिम्बु माथि, जुन मलाई नेपाली र अंग्रेजी दुवै मा गर्न मन छ, तर खोइ के हुन्छ. अनि एउटा मेरो 'नयाँ ' ठाउँ र मान्छेका बारेमा छ, रिसर्च हुँदै छ. अनि अन्तिममा मलाई म:म: को बारेमा सार्है लेख्ने मन छ, बिशेषगरि नेपालीमा, तर त्यो पनि खोइ के हुने हो (हुन त अंग्रेजी मा लेखन थालेको ४ महिना जति भयो, ४-५ ओटा ड्राफ्ट पनि बनाएँ, तर चित्तै बुझ्दैन...

कति  छिटो पार्ट १
एनिवे, स्टोरी टाइम!!!

..."हाहा, कस्तो हाँसो उठ्दो है! बहिनीले खुब हसाउँदी रैछ", मैले भनें. त्यो चोर नि पाइखाना बाट निस्क्यो. कत्रो लगाएको, त्यो जाबो ट्वाइलेट मा पनि...

"ए, तिमि नै हो, बाथरुम सफा गर्नु पर्छ भन्ने?" उसले जिस्काई हाल्यो|

"हैन मैले त केहिपनि भनेको हैन, सब यो 'भिनाजु' ले भन्नु भा हो" उसले कुरा मिलाई हाली. अब दुइ जाना मिलेर पेल्न थालेपछि मैले कहाँ सक्नु? अब दुबैलाई अप्ठ्यारो पार्ने विचार आयो.

"हैन ओई, केटि त म पो हेर्न आएको त | तैंले कहाँ बिचरा केटीको बहिनीलाई लाइन मारेको?" मैले पेलें |

"बिचार ब्यारे, हाम्रो दाइले की गरेको छैन है! " उसले बचाउन थालि हालि.

"ओहो, यता बाट पनि उस्तै रैछ! केटि हेर्न आएको, साथीको जन्ती आए जस्तो पो भयो त | ल हिंड, क्यासानोवा, जे काम गर्ने आएको, त्यो पहिले गरौँ, अनि तेरो कुरा छिन्दै गरुम्ला..." अब चाँही दुवै रातो भए. बहिनि लजाएर भागि, रबिन म संग फेरी कोठा मा आयो.

"टाइम त धेरै लाग्यो नि!" बुवाले छेडी हाल्नुभयो. मैले नि छोडिन : "हैन, मेरो त काम थिएन, एस्ले नै टाइम लगायो नि...अनि फेरी बहिनि संग नि भेट भयो...," मैले त्यो तिर हेर्दै भनें. मलाई खुट्टा मा किच्यो. म चुप लागें.

"ल अब नानुलाइ  नि बोलाउँ न त" केटि  कि आमाले भनिन्. अनि ठुल्लो स्वर मा छोरी लाई चिया लिएर आउन भनिन्.

दि गर्ल वाज़ प्रीटि, ओह यस शी वाज़. अनेस्टली, आइ वुल्ड नट इवेन थिंक अबाउट बिइंग विथ हर इफ इट वेर नट अरेंज्ड. अब म नरवस भएँ. आई निउ आई वाज़ नट म्यारयिंग, नो म्याटर हौ हट दि गर्ल. तर शी वास कस्तो त्यालेन्टेड (त्यो सर्टिफिकेटहरुले नै मलाइ टेन्सन परिसक्या थ्यो) अनि अब राम्री पनि. हे भगवान, कस्तो टेन्सन दियौ....

अनि बिचारा लाइ क्वेस्चन-आनसर राउण्ड सुरु भयो. पढाई, इन्ट्रेस्ट, के गर्ने, उतै सेटल हुने कि नेपाल आउने, आदि आदि आदि. माइजुले इन्दाईरेक्टली "पकाउन आउँछ?" भनेर सोदनु भयो, आउँदो रैछ. बिस मिनेट सम्म चल्यो,जुनबेला मलाई एकदम राहत मिल्यो. आई वाज़ डेफिनेटली नट फलिंग फर हर. हाम्रो कुरै नमिल्ने खाले थ्यो.

अन्तिम मा मलाई जुन कुरा को डर सुरु देखि थ्यो, त्यो कुरा गर्ने बेला भयो. "बाबु" र "नानु" ले अव संगै एक्लै एक्लै बसेर कुरा गर्ने बेला भयो. उसको कजिन हरु कुरा सुन्न खोज्दै थिए, पछि कान समातेर कसले लग्यो.

अब कोठामा हामी दुइजना मात्र. केटि को नाम पनि थाहा छैन. घांटी सफा गरें, हाँसे जस्तो गरें, र भनें, "अँ, म राउल. लास्ट यर स्वार्थमोर बाट पास गरेको" 

" वाओ, स्वर्थमोर? म कृति (कस्तो साहित्यिक नाम, मनमनै सोचें), लास्ट मे मा होलियोक कम्प्लिट गरेको, अब १-२ वर्ष एतै बस्ने विचार छ."

किन आफ्नो प्लान भन्नु परेको होला. भोलिनै बिहे गरेर त लाग्ने हैन त हौ...

"रीली? होलियोक मा त मेरो कति धेरै साथि छन् नि. अनि मेरो रुममेट को गर्लफ्रेन्ड नि त्यहीं पढ्थी, तेसैले धेरै चोटी गैसके त्यहाँ त.... तिमि शिखा हरुको ब्याच हो क्यारे हैन? शिखा, अनि अनुपमा हरुलाई चिन्छौ?"

"हाहा! किन न चिन्नु नि. संगै ब्याचको, अनि सेम कन्ट्री. बिदा भयो कि बोस्टन गइ हाल्थिम. इट वाज़ जस्ट टू आर्स, एंड अल अफ ह्याड रिलेतिव्स थ्येर. कलेज वाज़ फन..." ऊ दुखि जस्तो देखिई...

उसको बोलाई मा अमेरिकी लवज प्रस्ट चिनिन्थ्यो. मेरो पो त तेत्रो भा थ्यो र, अमेरिकाबाट आएको भन्दा नि मान्छे नपत्याए जस्तो गरेर "हो र? बाबु त कालै हुनुहुन्छ त" भन्थे... उसलाई नेपाली भनेर सिदै चिन्न गार्है पर्थ्यो.  

"हो, एकदमै. सो, शिखा हरुको के छ नि?"

"उनीहरु सब्बै उतैतिर. कोहि ग्राड स्कूल, कोहि जब, कोहि केहि| उनीहरुको फेरी एता काठमांडू मा नि कोइ छैन नि त,सब उतै हो. देयार्ज़ नट मच पोइन्ट कमिंग ब्याक."

"हो. मलाई नि नेक्स्ट यर देखि ग्राड स्कूल जानु छ, हेरुम के हुन्छ..."

"मलाई तर एतै रमाइलो लाग्छ. एता को कुरै अर्को छ के. सबैले सबलाई चिनेको छ. अब हाम्रै हेर्नु न, वी ह्याव सो मेनी फ्रेन्ड्स इन कमन. पीपल सी ह्वाट यु आर डुईंग | उता त कुइरेको लागि काम गर्यो, घरमा बासि भात खायो, अनि महिना को एक चोटी नेपालि संग गेट टूगेदरगरेर नेपाल सम्झेर रोयो. द्याट इज इट."

"हाहा, कस्तो राइट. तर कसैले त इन्त्रेस्तिंग काम नि गरेको हुन्छ नि. मेरो कत्ति नेपाली साथीहरु एल.ए र न्यु योर्क सिटी मा छन्, दम्मी नै काम गर्दै, फिलि मा नि बब्बाल काम गर्या छन् धेरै ले. अनि कहाँ बाट हो २-४ जना नेपालीनै न्यु अर्लिन्स पुग्या छन् मोराहरु,  मोज गर्दै छन् रे. बट अगेन. कुरो तेइ हो."


मैले ठुलो सांस फेरें र उसको आँखा मा हेरें.


टू बि कन्टिन्युड....

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.