चुत्था साला देशबासी

चुत्थो नै हुँदो हो देश त
मर्ला नि देशभक्ति नि
चुस्ने नै हुँदा हुन् राजाहरु
भाग्दा नै हवून् रंक पनि

लाज साज जब उड्यो आकाशमा
चरासरी
घरभरी रुवाबस्सी अनि ख्वांकख्वांकती
अनि ब्यस्त हाम्रा हांकुवा
गोजी भर्न दिन-रातभरी
तब के गरुम् र ख्वै
अँधेरमा भक्कानिंदै भागाभाग

कस्को दोष हो र ख्वै
दरिद्र नेता मात्र होइनन् र हवई
माथी जसले पुर्यायो तेस्को थाप्लोमा
भाग्य को टीका लगाई
लालसलाम
अनि सलाम् नमस्ते भाई
म चैं लागे, आउंदै गर्नु
सहने जति सहनु अनि
जोत्तिन तात्तिन सुध्रिन घिसृन पिल्सीन भुट्टीन लुट्टीन ठग्गीन
आऊ, जसरी भएपनि...
नियम कानुन सरकार देख्न
बुझ्न सिक्न
के छ र फर्किन लाइ
कि त ठग्न कि त ठग्गिन
फर्कने त कालो बाकस मै हो

चुत्थो नै रैछ हौ देश, चुत्था साला देशबासी

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.